१५ श्रावण २०७८, शुक्रबार

प्रंथम नगरसभा,बजारभित्रको बाटो लालपुर्जा

राजापुर नगरपालिका भित्र ७ वटा गाविसहरु जोडर १० वटा वडामा बिभाजन गरी राजापुर नगरपालिका गठन भएको हो । भौरा टापु भनेर चिनिने हालको राजापुर नगरपालिका र गेरुवा गाउपालिका बिगतमा राज्यबाट पछाडि पारिएको भएपनि कोठियाघाट पुल निर्माण सँग सगै केहि बिकासका कामहरु भएपनि तिव्र गति भने लिन सकेको छैन । जनताले आशा गरेका र माग गरेका कामहरुलाई राज्यले पुरा गर्न सकिरहेको थिएन त्यस कामलाई पुरा हुने आसा अब आफैनै जनप्रतिनिधिहरुबाट हुने आशा लिएका जनताको समस्यालाई कसरी सम्बोधन गर्ने हो ? जन प्रतिनिधीहरुले त्यो हेर्ने नै बाँकी छ ।
अब बन्ने निति,कार्यक्रम तथा योजना र नियमहरु जनता प्रति कतिको उत्तरदात्यि हुनेछ जनताप्रतिको मागलाई कसरी सम्बोधन हुने हो र जनताको समस्यालाई कसरी समाधान गरी जाने हो त्यो पनि आगामी दिनमा नै थाहा हुने छ । सन्दर्भ हो राजापुर नगरपालिकाको प्रथम नगर सभा अर्थात बजेट निति तथा कार्यक्रमले राजापुर नगरवासीको समस्यालाई कसरी मलमपट्टीगर्न सक्ने छ, छैन ? अबको कार्यक्रम पछि नै थाहा हुनेछ ।

राजापुर बजार क्षेत्रको गल्ली बाटोमा २६ फुटको बनाउदा आफनो सबै सम्पतिनै नस्ट हुने भयो भन्ने चिन्ता बढ्न थालेका कुरा नगरवासीहरुले नगरप्रमुखलाई ध्यान आक्रषण गराएको थिए ।

बिगतका बर्ष झै हुने खुल्ला नगर परिषद यसपटक भने हतार हतारकै कारण उद्घाटन सत्र नगरी बन्द सत्रबाटै सुरु भएको थियो । उद्घाटन सत्र भएको भए केहि नगरवासीहरुले आफनो गुनासो त राख्ने थिए होला तर त्यो अवसरबाट यसपटक बन्चित गरियो । राजापुर बजारक्षेत्र १८बिग्गा४कठ्ठा क्षेत्रफलमा लगभग ५०० घरपरिवार बसोवास गरेको बजार हो । राजापुर नगरीलाई सफा स्वच्छ र सुन्दर बनाउन केही निति तथा कार्यक्रमहरु बनेको छ । राजापुरनगरपालिकाकोे बाटोको गुरुयोजना पनि तयार भइसकेको र राज्यबाट बाटोको माफडण्ड निधारण भएको भएपनि राजापुरबजारक्षेत्रको बनौटलाई मध्यनगर गरी केही परिमार्जन गरीनुपर्ने देखिन्छ । राजापुरवासीहरुको घरको क्षेत्रफल नै हेर्नेहो भने २ धुरदेखी ४÷५ धुरमा निर्मित भएको भएपनिे बाटो चाक्ला बनाउदा अधिकांश घरहरु भत्किने सम्भावना देखिन्छ ।राजापुर बजार क्षेत्रको गल्ली बाटोमा २६ फुटको बनाउदा आफनो सबै सम्पतिनै नस्ट हुने भयो भन्ने चिन्ता बढ्न थालेका कुरा नगरवासीहरुले नगरप्रमुखलाई ध्यान आक्रषण गराएको थिए । भने देशमा परिर्वतनको काचुलि फेरिरहेको समयमा राजापुरवासीहरुले हाल सम्म पनि जग्गा धनी प्रमाणपत्र नपाउनु कतिको दुभाग्र्य नै हो जनतालेमाग गरे अनुसार देशमा ठूलो परिर्वतन आयो र राजापुरवासीले लालपुर्जा पाउन सकेन किन ? यसमा राजापुरवासीको संयम्ता नै हो भन्ने पर्छ । आज आफ्नै भुमिसुधार मन्त्री पाएको अवस्थामा लालपुर्जा लगायत भुमि , सिचाई र पशुपक्षिको लागि जनप्रतिनीधिहरुको भुमिका के हुने ? त्यस बिषयमा जनप्रतिनिधिहरुले के–कस्ता कार्यक्रमहरु तयार गरेको छ भन्ने स्पष्ट धारणपनि बाहिर आउन नसकिरहेको देखिन्छ ।त्यस बिषयमा पनि अबको दिनमा बिशेष ध्यान दिन जरुरी नै छ ।कुरालेहोइन काममा बिश्वास राख्ने जनताको लागि निर्वाचित भएको जनप्रतिनीधिहरुले देखिएको समस्याहरुलाई समाधान गरी जनतामा राहत प्रदान गरीदिनुहुने छ भन्ने आसा लिएकाछौ कि कसो ?
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close