१५ श्रावण २०७८, शुक्रबार

शिक्षकहरुले उदारणीय काम गरेको: प्रमुख चौधरी

थारु शिक्षक बचत कोष राजापुर स्रोतकेन्द्रले ६बर्षमा ७ लाख ५० हजार बराबर मुनाफा गर्न सफल भएको कोषका अध्यक्ष झग्गु प्रसाद चौधरीले बताउनु भएको छ । छैेठौ साधारण सभामा कार्यक्रमका सभापति झग्गु प्रसाद चौधरीले बताउनु भएकोहो । २०६८ मंसिर १० गते राजापुर स्रोत केन्द्र स्तरीय शिक्षकहरुद्धारा स्थापना गरीएको कोेषमा पहिलो पटक मासिक रु ५ सय बाट संकलन सुरु गरेकोमा हाल मासिक रु १ हजार पुराएको बताउनुहुदै राजापुरस्रोत केन्द्र भित्र रहेका सबै शिक्षकहरुलाई समेटी लैजाने भनेका छौ हाल १ जना शिक्षकको निक्षेप ५५ हजार पुगेको र हाल सम्म ७ लाख ५० बचत भएको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी राजापुर नगर पालिका प्रमुख शिब प्रसाद चौधरीले शिक्षकहरुबाट उदारणीय काम गरेको बताउदै बचत संग सगै सामाजिक कार्यमा लाग्नु अनुरोध गर्नु भएको थियो ।नगर प्रमुख चौधरीले राजापुर नगरपालिका भित्रको राम्रो बिद्यालयको लागि पुरस्कृत गर्न पनि बजेट बिनियोजित गरेको , पिसीएफ शिक्षकको बिषयमा विद्यालय शैक्षिक गुणस्तर सुधार कार्यक्रमबाट पिसीएफ शिक्षकहरुलाई तलब खुवाएको बताउदै शिक्षाकोगुणस्तरकोलागि बिशेषबजेटहरु विनियोजित गरीएको बताउनु भएका छ ।

हाल १ जना शिक्षकको निक्षेप ५५ हजार पुगेको र हाल सम्म ७ लाख ५० बचत भएको बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथी राजापुर नगर पालिका प्रमुख शिब प्रसाद चौधरीले शिक्षकहरुबाट उदारणीय काम गरेको बताउदै बचत संग सगै सामाजिक कार्यमा लाग्नु अनुरोध गर्नु भएको थियो ।

विशिष्ठ अतिथी बर्दिया जिल्ला शिक्षा अधिकारी दमन सिह चौधरीले बचत गर्ने बानीले जिवन स्तरसुधारमा राम्रोटेवा पुराउनेभएको बताउदै शिक्षक आपुर्ति फन्ट (टि.पि.एफ)अभ्यासकोरुपमा रहेको बताउनु भयो । सचिब महादेब चौधरीले २०७३÷०७४कोआय व्यय अनुसार ५३ जना सदस्य रहेको कोषमा रु ३६ लाख ९ हजार ७सय ४६ रुपैयाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । वहाँले पल्स टू, एस इ.इं बिद्यार्थी र शिक्षकहरुलाई पनि प्रोसाहित वाफत नगरपालिकाले पुरस्कृत गरीनुपर्ने बताउनु भयो। पदम कुमारी मावि जयपुरका प्रअसुनिल कुमारचौधरीलेसंचालन गर्नु भएको कार्यक्रममा शिक्षाका अरुणा दहितले स्वागत मन्तव्य राख्नु भएको थियो ।
कायंक्रममा एस इ. इ. परिक्षामा राम्रो नम्बर ल्याउने जनचेतना मा.वि. मंगलपुर खैरीका छात्र कमल प्रसाद चौधरी रमानपुर मा.वि टपराका छात्रा कबिता थारुलाई नगरपुरस्कार प्रदान गरीएको थियो । शिक्षक किरण राज नेपाली (थारु)ले आजभोलीका युवाहरुदिन प्रति दिन बिग्रीदै गइरहेको बिषयमा बोल्दै बिद्यार्थीहरुलाई सही बाटोमा ल्याउन नैतिक शिक्षाको आवश्यक्ता रहेको बताउनु भयो । शिक्षक हरीद्धार दहितले थारु शिक्षकहरु प्रतिध्यान दिन र प्राथमिक्ता दिन अनुरोधगर्दै पिसिएफ शिक्षकहरुलाई हटाइयो भने कसरी बिद्यालय संचालन गर्ने हो भन्ने चिन्ता व्यक्त गनु भएको थियो ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close